तेह्रथुम : तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । तेह्रथुमको मेन्छयायेम गाउँपालिका सिकिम्बाका ५२ वर्षीय मिङमा निरिङ शेर्पाले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


आफ्नै घरमा आगो लगाउने शेर्पालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ