मोरङ : मोरङ प्रहरीले एकैदिन ४६ फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले चोरी, लागु औषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर भइ फरार रहेका ४६ जनालाई पक्राउ गरेको हो ।

प्रतिवादीहरुलाई सोमबार जिल्ला अदालत मोरङमा दाखिला गरिएकोमा ती मध्ये अधिकांश तोकिएको जरिवाना दाखिला गरी छुटिसकेको प्रहरीले जनाएको छ ।