मोरङ: मोरङ कानेपोखरी गाँउपालिका ६ का २३ बर्षीय सिमन मगर लागुऔषधसहित पक्राउ परेका छन् ।

हिजो राती पौने ११ बजे प्रहरी चौकी रमाईलोबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट मगरलाई नियन्त्रणमा लिएको हो । चेकजाँच गर्ने क्रममा उनको साथबाट नाईट्रोभेट नामक ट्याब्लेट ८ पिस, स्पाजमोल ट्रयाब्लेट १७ पिस र पृजोल नामक ट्रयाभ्लेट ५ पिस फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।