धरान: केहीबेर अघि धरान १३ स्थित अमरहाटमा टाटा सुमो गाडी दुर्घटना भएको छ ।

धरानबाट तेह्रथुम जाँदै गरेको को १ ज २८९२ नम्बरको टाटा सुमो दुर्घट्ना भएर पल्टिएको हो । दुर्घटनामा घाइतेहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा पुर्याइएको थियो । गाडीमा सवार एक वृद्धा गम्भीर छिन् ।

दुर्घटनामा परी ४ जना घाइते भएका थिए । ती मध्ये एक वृद्ध गम्भीर छिन् । प्रतिष्ठानमा सिटिस्क्यान सेवा नभएपछि उनीहरु अन्यत्र उपचारको लागि गएको प्रतिष्ठानस्थित प्रहरी विटका मणी गिरीले जानकारी दिए । उनका अनुसार गाडीमा सवारहरु बिहे कार्यको लागि जादै गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तस्बिर स्रोत: गोपाल श्रेष्ठ 'प्रयास'को फेसबुक

accident2