धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ बस्ने ५२ वर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ ।

आईतबार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसो सम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा सोमवार दिउँसो १ बजे छुम्लिङ भिर मुनी मृत अवस्थामा पेला परेका थिए । उक्त घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।