धरान:गत जेठ १३ गते धरानको भानुचोकमा प्रहरीले चेकजाँच गर्न खोज्दा मोटरसाइकल र लागुऔषध भएको झोला छोडेर फरार भएका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार को ३१ प ६०७३ नम्बरको मोटरसाइकल र झोला छोडेर फरार धरान ३ का नविनराज राईलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार मोटरसाईकल चेकजाँच गर्दा झोलामा लुपिजैसिक १११ एम्पुल, एभिल ११८ एम्पुल र डाईजेलाब १०४ एम्पुल फेला परेका थियो ।

साथै, नबिनराज राईको नागरिकता फेला परेकोले उनी विरुद्ध लागुऔषध मुद्दा दर्ता गरेर खोजतलासको क्रममा हिजो घरमा लुकीछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीविरुद्ध सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।