इटहरी: ईटहरी ९ स्थित बसपार्कबाट धरान १० का १९ बर्षीय विकाश पोद्दारलाई लागुऔषधसहित ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

उनको साथबाट प्रहरीले एभिल ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल र डाईजेपाम ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल वरामद गरेको छ । यस्तै, सोही झोलामा नाईट्रोसन ट्याब्लेट १ पत्तामा १० ट्याब्लेटको दरले ४ पत्तामा ४० ट्याब्लेट रहेको र सोही झोलामा नाईट्रोभेट लेखिएको १ पत्तामा १० ट्याब्लेटको दरले ६ पत्तामा ६० ट्याब्लेट फेला परी बरामद गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।