धरान : नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले विभिन्न संकायहरुमा कक्षा समिति गठन तथा विस्तार गरेका छन् ।

नेविसंघ क्याम्पस इकाई समितिले बिए प्रथम वर्षमा सुभम भण्डारीको अध्यक्षतामा ३७ सदस्यीय मुल कक्षा समिति गठन गरेका हुन् । यसैगरी ६५ जनालाई नेविसंघको सदस्यता वितरण गरेको इकाई समितिले जनाएको छ ।

कक्षा समितिमा सहअध्यक्ष सञ्जिता धमला, उपाध्यक्ष सेजल मगर, दिक्षा चौलागाई, सन्जु बुढाथोकी, देवीमाया राई, जीवराज गुरुङ, सचिव दिवश रिजाल, सहसचिव आकृति सुब्बा, रोजि महत, शान्ति लिम्बु, कोषाध्यक्ष नुमा लिम्बु रहेका छन् । यसैगरी सदस्यहरुमा यमुना लिम्बु, एलिना राई, पुजा राई, जेनुका राई, दिक्षा, सागर राई, सुस्मा राई, हिना लिम्बु, प्रेक्शा खडका, जेश्निम राई, नेग्रु राई, कारोल राई, सुबास कार्की, सुरज खतिवडा, सुमन रिजाल, धन सुवेदी, प्रविना राई, सुविना तामाङ, कल्पना राई, प्रकाश सुबेदी, लक्ष्मी राई, सबिता लिम्बु मनिराज राई, सुमन भुजेल, सुनिता राई, नमिता राई, मनिता लिम्बु, बिमला राई, दिपा राई रहेका छन् ।

इकाइ कार्यवाहक सभापति दोर्ची शेर्पाको नेतृत्वमा भएको विस्तार कार्यक्रममा इकाइ सचिवद्वय रोशन चोङ्बाङ र कुन्दन अधिकारी, स्ववियु सहसचिव समराज खड्का, इकाइ सहसचिव सरोज रेग्मी लगायतका नेविसंघ नेताहरुको उपस्थिति रहेको थियो ।