विराटनगर : दिउसो ११ बजेको समयमा विराटनगर जुटमिल सुनसान देखीन्छ । गेटदेखी केही परतिर गाईवस्तु चरीरहेका छन् । वरीपरी बार भएकोले गोठालाको कुनै जरुरत पर्दैन । गेटमा एक जना सुरक्षा गार्ड उभीएका छन् । केहीछिन उभीएपछी उनीपनि पाखा लाग्छन् । गेटै भित्र रहेको प्रशासनीक भवन पनि सुनसान देखीन्छ । कार्यलय भित्र कुर्सीमा बसेर मोबाईल चलाइरहेका हुन्छन् केही कर्मचारी । दैनिक हाजीर गर्न आउँदा एकछिन थकाईमार्न बस्छन् उनीहरु । दैनीक प्रशासनीक काम केही नभएकोले बेला मौकामा आउने जाने गरेको सुनाउँछन् प्रशासन प्रमुख तारानाथ तिम्सीना ।

नेपालकै पहिलो र ऐतिहासीक उद्योग हो विराटनगर जुटमिल । लामो समयदेखी खण्डहर बनीरहेको उद्योग हाल पुर्णरुपमा बन्द भइसेकेको छ । बहुदलीय व्यवस्था आएपछी राजनैतीक नियुक्तीको भरमा उद्योग चल्न थाल्यो । पछील्लो समय सरकार परीवर्तन संगै जुटमिलको व्यवस्थापन समिती पनि परीवर्तन हुनेक्रम बढेपछी उद्योगको नेतृत्व कमजोर बन्दै गएको हो । झार र जंगलले भरीएको उद्योग वरीवरी घुम्न सक्ने अवस्था छैन । तिम्सीनाका अनुसार झार जंगल फाड्नेले मात्र अहिलेसम्म दुइ करोड रुपैया लगीसके ।

हालका अध्यक्ष बसन्त बन अहिले सम्म उद्योगमा पुगेका छैनन् । उनी आफु काठमाण्डौमा बस्ने र विराटनगर जाँदा होटेलमै कर्मचारी बोलाउने र भेट्ने गर्छन् । बिसं १९९३ मा जुद्ध शमशेरले जुट मिलको स्थापना गरेका थिए । पछी २००६ सालमा नेपाली कांग्रेसले त्यही मिलबाट प्रजातन्त्र रेडीयो संचालन गरेको थियो । बहुदल पछी नेपाली कांग्रेसले लामो समय सरकारको नेतृत्व गर्यो तर जुटमिलको अवस्था भने झनै बिग्रदै गयो ।

ठुला भवन भित्रका अरबौका मेसीनहरु खिया लागीसकेकाछन् । धेरै उद्योग मन्त्रीले मेसीनहरुको अवलोकन गरीसके । सबैले उद्योग पुनं सुचारु गर्ने प्रतिवद्धता जनाउँछन् । उनै तिम्सीनाका अनुसार २०७१ सात भदौ सम्म दुइचार टन उत्पादन भइरहेको थियो । त्यपछी श्रमीकले पैसा नपाएपछी उद्योगमा आउनै छाडीदिने । पछीसम्म मासीक ५ टन सम्म उत्पान हुने गरेको थियो । तर २०७४ चैत्र देखी भने उत्पादन कारखानाको चाबी समेत खोलीएको छैन ।

Jutmil

हाल २१ जना कर्मचारी नियमीत हाजीरीको लागी कार्यलय पग्छन् । केही समय थकाईमारेर उनीहरु पाखा लागीहाल्छन् । लामो समय देखी तलब नआएकोले कतै तलब आइहाल्छ की भन्दै कार्यलय जान्छन् उनीहरु । तलब आउने टुङ्गो नभएपछी श्रम कार्यलय बिराटनगरमा उनीहरुले उजुरी दिए । जिल्ला प्रशासन कार्यलय मोरङ र प्रधानमन्त्री कार्यलयमा समेत उनीहरुले तलब पाउँभन्दै निवेदन दिए । उद्याग मन्त्रालयले अर्थलाई तलब बापतको पैसा दिन आग्रह गरीसकेको छ तर अहिले सम्म उनीहरुले ५ बर्ष देखीको तलब पाउन सकेका छैनन् । गत असोज १८ गते श्रम कार्यलय बिराटनगरका प्रमुख प्रेम संजेलले ७ दिन भित्रमा बैंकि प्रणाली मार्फत पैसा दिने भन्ने आदेश दिएका थिए । तर अहिलेसम्म उद्योगले न तलब दिएको छ न दिन नसक्नुको कारणनै पठाएको छ ।

२०४८ सालमा प्रजातन्त्र पुनर्वहाली भएपश्चाल मिलको अवस्था खच्कीन थालेको हो । पञ्चयती व्यवस्थाको अन्तीम अध्यक्षको रुपमा जयाराज्य लक्ष्मी शाह भएकी थिइन् । हाल दलीय नियुक्तीको आधारमा अध्यक्ष छान्ने प्रणाली छ । २०५२ साल अगाडी बार्षीक २८ करोडको हाराहारीमा उद्योग नाफामा थियो । हाल मिलको नाममा राष्ट्रिय बाणीज्य बैंक, उदयपुर सिमेन्ट कारखाना लगायत अन्य बंैकको गरी ४ अरब भन्दा बढी ऋण रहेको छ । जुटमिल प्रशासनले दिएको जानकारीका आधारमा आजसम्म ऋण तिर्ने बिषयमा कुनैपनि कसरत हुन सकेको छैन । त्यती मात्र हैन त्यसबिचमा २०६२ देखी ०७२ सम्म १० बर्षको अवधी मिल अहिलेको जस्तै पुर्णरुपमा बन्द रह्यो ।

२०५१ सालमा तत्कालीन नेकपा एमालेको सरकारको पालामा सुबोधराज प्याकुरेल अध्यक्षमा नियुक्ती भएका थिए । सरकार परीर्वतन पश्चात नेपाली कांग्रेसको कोटामा बद्री प्रसाद घिमीरे अध्यक्ष भए । सरकार परीवर्तनको सृंखला चलीरहेकै बेला प्याकुरेल र घिमीरे क्रमश अध्यक्षमा नियुक्ती भए ।
पुन कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका पाएकोले केशव प्रसाद अधिकारी अध्यक्षमा भए । अधिकारीलाई हटाएर राप्रपाले केदार कोइरालालाई अध्यक्ष बनायो । लगत्तै सद्धभावनाका दिलीप धाडेवाल अध्यक्ष भए हाल उनी नेपाली कांग्रेसमा प्रवेश गरीसकेका छन् । त्यसपछी एमालेबाटै केशव प्रसाद गौतम र हरी घिमीरे लगातार अध्यक्ष भए ।  राजा ज्ञानेन्द्रले सक्ता हत्याएपछी तत्कालीन उद्योग मान्त्रालयका सहसचीवले मिलको जिम्वेवारी सम्हालेको थिए । लिला प्रसाद मोहनी, श्याम सुन्दर शर्मा, गोबिन्द प्रसाद कुसुम नेतृत्वमा रहे । २०६२/६३ को जनआन्दोलन पछी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो । तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालको निर्देशनमा फुल कुमार लालबनी अध्यक्ष भए । त्यसपछी अध्यक्ष भएका मुकुन्द प्रसाद नेपालको पाला देखी मिल पुर्ण रुपमा बन्द भयो । २०६५ सालमा कांग्रेसकै कोटाबाट अध्यक्ष भएका अशोक पोखरेलले सबै भन्दा धेरै ७ बर्ष मिलको अध्यक्ष पद सम्हाले ।

२०७२ श्रावण ४ गते देखी निलहरी काफ्ले अध्यक्ष भए । अघिल्ला अध्यक्ष अशोक पोखरेलको सहयोगीको रुपमा मिलमा छिरेका उनी तत्कालीन उद्योग मन्त्री महेश बस्नेतको सार्सफोर्स बाट उनी अध्यक्षमा चुनीए । उनको पालामा उद्योग भित्रका पुराना सामाग्री बिक्री बितरण गर्ने प्रकृया अगाडी बढेको थियो । तर तत्कालीन उद्योग सचिवले फायल रोकेपछी उनी असफल भएका थिए । तर पनि उनले केही भत्कीएको संरचना र सामाग्री बिक्री गरेका थिए । उनकै पालामा सबैभन्दा धेरै सेयर बिक्री गरीएको थियो ।

मिल नजिकै रहेको ससस्त्र प्रहरी बललाई जग्गा बिक्री गर्ने र मिल संचालन गर्ने भनी उनी आफैले मन्त्रालयमा प्रस्ताव लगेका थिए । पछी ससस्त्र प्रहरीले बिबाद बढ्ने भन्दै किन्न नमानेपछी त्यसमा पनि उनि असफल भएका थिए । बारम्बारको असफलता पछी संचालक समितीले माइन्युटनै गरेर काफ्ले प्रवन्धक हुने गरी बसन्त बन अध्यक्ष बनाएको थियो । पछी ०७५ देखी मुकुन्द नेपालले आफु अध्यक्ष भएको भन्दै घोषणा गरेका छन् । उनले अर्का अध्यक्ष बनमाथी उच्च अदालत बिराटनगरमा मुद्धा हालेका छन् भने वनले आफु निकट व्यक्तीलाई कर्मचारीको रुपमा भटाभट नियुक्ती गरीरहेका छन् ।

जुट मिलमा भएको राजनितीकै कारण मिल अगाडी बढ्न नसकेको तर्क गर्छन मिल व्यवस्थापन समितीका पुर्व अध्यक्ष मुकुन्द प्रसाद नेपाल । आफु अध्यक्ष भएको कार्यकाल पुरा नभइ बसन्त वनले अध्यक्ष दाबी गरीरहेको उनको भनाई छ ।  उता वन भने नेपाल सरकारको निर्णय अनुसार आफु अध्यक्ष भएको बताउँदै आएका छन् । लामो समय देखी मिल भग्नावशेष भएको अवस्थामा भर्खरै तंग्रीन थालेको उनको भनाईछ । आफुहरु मिलको बिषयमा धेरै चिन्तीत रहेकोले मिललाई पुरानै अवस्थामा ल्याउने काममा लागेको उनले बताए ।

jutmilmembar