इलाम : इलाम नगरपालिका १ लिङलिमा टोल बस्ने ३५ वर्षीय कृष्णबहादुर राईको लडेर मृत्यु भएको छ । आज बिहान ८ बजे घर नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय मंगलबारेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।