झापा : झापामा चालू आर्थिक बर्षको हालसम्ममा सवारी दुर्घटनामा परि ३८ जनाको ज्यान गएको छ । चालू आर्थिक वर्षको साउन महिना यता सवारी दुर्घटनामा परी झापामा ३८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारी बताउछन् ।

पूर्वको सीमाना काँकरभिट्टादेखि पश्चिमको सिमाना मावा खोलासम्मको ५५ किलोमिटर क्षेत्रफल र सहायक सडक-खण्डका १ सय ३१ स्थानमा भएका सवारी दुर्घटनामा परी दुई सय २२ जना घाइते भएका छन् भने २७ जना पुुरुष, ९ महिला र २ बालबालिकाको मृत्यु भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालू आर्थिक बर्षको पुस मसान्तसम्ममा ३१ हजार ६ सय ५० वटा सवारी साधनका धनि र चालकलाई कार्बाही गर्दा २ करोड ३० लाख ३४ हजार ५ सय रुपैया राजश्व संकलन भएको झापा ट्राफिक प्रमुख अधिकारीले जानकारी दिए ।

दुर्घटनामा को कति जिम्मेवार ?

ट्राफिक प्रहरीको तथ्याकं अनुसार सबै भन्दा बढि दुर्घटना सवारी चालकको लापर्वाहिका कारण हुने गरेको छ । तर ट्राफिकले भनेजस्तो अवस्था र कारकमा चालक नै पहिलो दोषी हो भन्ने कुरा चाहि चालकहरु मान्न तयार हुदैनन् । यद्यपी प्रहरी आम नागरिकले समेत यहि कुरा बुझेपछि चालकहरु यति सम्म संवेदनशिल बन्न थालेका छन् कि उनहिरु ठाउँ ठाउँमा विभिन्न कार्यक्रम गरेर चालकहरुलाई प्रशिक्षण र सुरक्षित सवारी संचालन गर्न प्रोत्सावह गर्न विभिन्न उपायहरु पनि अपनाईरहेका छन् । यसै क्रममा केहि दिन अघि झापाको दमकमा एक जना सवारी चालकलाई सम्मान गरे । ३५ वर्ष देखी सवारी चालक पेषामा आवद्ध झापा कमलका पुण्य प्रसाद नेपाललाई सम्मान गरिएको छ । उनले सवारी चालाएको अवधिमा एक पटक पनि सवारी दुर्घटना नगराएकोले उनलाई सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीले उनलाई नगद र सम्मान पत्र सहित सम्मान गरेको हो ।

यस्तै दमक बसपार्कमा सवारी मजदुरलाई दुर्घटना न्यूनिकरण सम्बन्धीको प्रशिक्षण दिने कार्यक्रममा नेपाललाई नगद १ हजार १ सय ११ रुपैँया सहित सम्मान गरिएको सघंको नगर अध्यक्ष मदन बहादुर खड्काले बताए । कार्यक्रमका प्रमुख अतिथी रहेका सघंका केन्द्रिय सचिव देवि भट्टराईले दुर्घटना नगराई सवारी सञ्चालन गर्ने चालकलाई सम्मान गर्दा सुरक्षीत सवारी चलाउने आत्मबल बढ्ने र जीम्मेवारीको बोध हुने विस्वासले चालकलाई सम्मान गर्ने अभियान चलाइएको बताए ।
चालक सम्मानका साथै सवारी मजदुरहरुलाई दुर्घटना न्यूनिकरणका उपाय र आफ्ना जिम्मेवारीका बारेमा प्रशिक्षण समेत गराइएको छ । एक वर्षमा ४८ हजार मजदुरलाई प्रशिक्षण गराउने अभियान अन्तर्गत दमकमा दोस्रो पटक प्रशिक्षण गरिएको नगर अध्यक्ष खड्काले बताए ।

केन्द्रिय सचिव भट्टराईका अनुसार अहिले सम्म देशैभर गरि २८ हजार मजदुरलाई प्रशक्षिण गराईसकिएको र चालु आर्थीक वर्ष भित्रमा अन्य १० हजार लाई प्रशिक्षण गराई अभियान एक वर्षको अभियान सम्पन्न गरिने छ । दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख यज्ञराज अधिकारी शर्माले दुर्घटना न्यूनिकरण गर्न सवारी चालकको महत्वपूर्ण भूमिका रहेकोले त्यसतर्फ सचेत हुन आग्रह गरेका थिए । नेपाल सरकारले सार्वजनिक यातायातका सम्बन्धमा जारी गरेको नयाँ नियमका बारेमा अवगत गराउँदै उनले नियमको पालना गर्दा मात्रपनि सवारी दुर्घटना कम हुने विश्वास दिएका थिए ।

झापामा टाईम कार्ड, प्रभाबकारितामा प्रश्न किन ?

झापामा ६ महिनामा ३८ जनाको ज्यान गईसकेको छ । दुर्घटना कसरी नयूनिकरण गर्ने भनेर यातायात व्यवसायीलाई डाकेरै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले झापा सडक खण्डमा सार्वजनिक यातायातका साधनलाई टाईम कार्ड लगाउने निर्णय गर्यो र एक हप्ता अघि टाईम कार्डको सुरुवात गर्यो । टाईम काड लागू भएपछि सार्बजनिक सवारी साधनको तिब्र गतिमा हुईकिने प्रबृत्ती नियन्त्रणमा आएको ट्राफिक प्रहरी बताउछ ।  जिल्लाको पूर्बीद्वार काँकरभिट्टाबाट छुटेको यात्रुवाहक सवारी साधनले विर्तामोडसम्म आइपुग्नका लागि न्यूनतम ३० मिनेट लगाउनु पर्नेछ । त्यसको चेकिङ विर्तामोडमा हुन्छ । त्यसपछि विर्तामोडदेखि झापाको पश्चिम क्षेत्र दमक पुग्न न्यूनतम ५५ मिनेट लगाउनु पर्नेछ ।

तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुगे जरिमाना लगायत अन्य कारवाही हुने ट्राफिक प्रहरीको भनाई छ । दुर्घटना न्यूनीकरणका लागि राडरगनको प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्णरुपमा रोक, सवारी चालक अनुमति पत्र नहुनेलाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएपनि त्यसले मात्र पर्याप्त नभएपछि सवारी दुर्घटनाका लागि टाइम कार्ड लागू गरिएको र टाइम कार्ड लागू गरिएसँगै तीव्र गतिमा हुइँकिने सवारी आफैं नियन्त्रित हुने दमकका ट्राफिक प्रमुख यज्ञराज शर्मा बताउछन् । यस्तै टाइमकार्ड लागू भएपछि सार्बजानिक यातायतमा यात्रा गर्न सहज भएको र यो प्रकृया देशैभरि लागू गर्न यात्रुहरुले सुझाव दिएका छन् । टाईमकार्डका कारण सवारी साधनको गति सिमित भएको छ तर कतिपय यात्रुहरुबाट ढिलो भयो भन्ने गुनाशो आउने गरेको चालकहरुको गुनाशो छ । शूर्योदय यातायातका चालक कृष्णबहादुर सुनुवार यात्रुहरुले ढिला भयो भनेर अझैपनि गुनाशो गर्ने गरेको बताउछन् । यस्तै अर्का चालक सुमन बिश्वकर्मा झापामा मात्रै टायृ कार्ड लागू भएपनि अन्य जिल्लामा नभएका कारण उस्तै प्रतिष्पर्धामा हुईकिनुपर्ने बाध्यता रहेको सुनाउछन् ।

प्रभावकारितामा प्रश्नः जनशक्ति अभाव

तर टाइम कार्ड कार्यान्वयन हुनेमा भने झापाबासीले शंका गरेका छन् । झापामा ट्राफिकको जनशक्ति ७८ जना मात्रै छ । झापाको सडकमा करिव एक लाख ५० हजार सवारी साधन सञ्चालनमा रहेका छन भने एउटा ट्राफिकको जिम्मामा एक हजार ८ सय सवारी साधन पर्छन् । सामान्य चेक जाँच गर्नपनि अपुग हुने जनशक्तिले यो अवस्थामा टाइम कार्डका आधारमा सवारी सञ्चालन गर्न समस्या रहेकोले थप जनशक्तिको आवश्यकता खड्किएको देखिन्छ ।