धरान :  मोरङ विराटनगर ८ का ४० वर्षीय  अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । 

आज बिहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रीमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथिबाट भुईँमा बजारिएका थिए ।

करेन्टको झड्का लागेर भुईँमा बजारिएर गम्भीर घाइते भएका चौधरीको नोबेल हस्पिटल विराटनगर मा उपचारको क्रममा दिउसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।