धरान : विराटनगरमा ग्याँस कालोबजारी गर्ने एक जना पक्राउ व्यापारी पक्राउ परेका छन् ।

एउटा ग्याँस सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्याँस भर्ने तथा कम तौल भएको ग्याँस विक्री वितरण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार पक्राउ पर्नेमा विराटनगर-१४ बस्ने मनिष यादव रहेका छन् । उनलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको पसलबाट ११ थान ठुलो ग्याँस सिलिन्डर, २ थान सानो ग्याँस सिलिन्डर र १ थान तौल मेसिन, २ थान रेगुलेटर र १ थान एयर लिङ्क गर्ने पाइप फेला परेको प्रहरीको भनाई छ ।

यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।