धरान : धरान-१४ विजयपुरमा प्रहरी चौकी भवनको शिलान्यास भएको छ। 

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले एक समारोहका बिच बिहीबार प्रहरी चौकी भवनको विधिवत् शिलान्यास गरेका हुन् । विजयपुर चौक नजिक विजयपुर रेडक्रस सडक खण्डमा पर्ने प्रहरी चौकी निर्माणका लागि स्थानिय केदार श्रेष्ठ र वसन्त श्रेष्ठले जग्गा उपलब्ध गराएका हुन् । करिब १५ धुर जग्गामा निर्माण हुन लागेको प्रहरी चौकी ४० देखि ४५ लाखको लागतमा एक तले ६ कोठे भवन निर्माण हुने धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । 

धरान-१४ विजयपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र भएकोले विजयपुरमा प्रदेश १ मा पर्यटन प्रहरी हुनुपर्ने स्थानिय प्रेमप्रसाद पराजुलीले माग गरे । कार्यक्रममा प्रहरी चौकीको शिलान्यास पछि आयोजित औपचाकि कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी चौकी निर्माणमा प्रदेश सरकारको साथ सहयोग त रहन्छ नै त्यसमा सबैको साझेदारी हुनुपर्ने बताए । दशको लाठी एकको बोझ एकै जनाले दश जनाको लाठी एकै जनाले बोक्यो भने बोझ हुने र दशै जनाले एक एक लाठी बोके भने त्यो लाठी मात्रै हुने उदाहरण दिँदै यो प्रहरी चौकी निर्माणको लागि पनि सबैले साथ सहयोग गर्नुपर्ने बताए ।  

मन्त्री कार्कीलाई प्रा.डा.टङ्क न्यौपानेले विजयपुर चोकस्थित पार्कको पनि अवलोकन गराएका थिए । कार्यक्रममा धरान-१४ का जनप्रतिनिधिहरू, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।


Police-Chauki-silaneyas-1Police-Chauki-silaneyas-2Police-Chauki-silaneyas-3