इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) लाई इटहरीका मेयर हेमकर्ण पौडेलले सावधानी गराएका छन् । वैशाख २६ गते इटहरी १८ बस्ने सुम्नीमा राईको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेर साम्पाङले अपमान गरेको पौडेलको भनाइ छ ।

अविवाहित प्रमाणपत्र लिन भुलवश धरान पुगेकी उनलाई मेयर साम्पाङले भिडियो बनाएर पोष्ट गरेका थिए । सुम्नीमा राईले ‘परराष्ट्रको सरले तपाईँको (हर्क साम्पाङ) नाम लिएर भेट्नु भनेपछि आएको’ बताएकी छिन् । परराष्ट्रका कर्मचारीलाई उदृद गर्दै उनले बारम्बार ‘तपाईँ (हर्क साम्पाङ) को नाम लिएर त्यही जानु भन्दै पठाएको बताएकी छिन् ।

विद्यार्थीको डकुमेन्ट हेर्दै साम्पाङले सम्बन्धित निकायको साथीले यस्तो गल्ती नगर्न आग्रह गरेका छन् । आफू नेपाल भरिको मेयर नभएको बताउँदै उनले इटहरीमा हेमकर्ण सर हुनुहुन्छ भन्ने जानकारी दिएका छन् ।

इटहरीका मेयर पौडेलले धरानका मेयर साम्पाङले भाइरल हुन भिडियो बनाएको आशय व्यक्त गरेका छन् । ‘मेयर त भाइरल हुनुभयो होला, तर नानीले अपमानित महसुस गरिछन् । काम गरेर पठाइ दिएँ , सम्झाएँ ।,’ उनले भनेका छन् ‘ राजनीति गर्ने, नेतृत्वमा बस्ने, मिडिया प्रयोग गर्ने, बोल्न सक्ने भन्दा पनि नसक्ने नबुझ्नेको सङ्ख्या बढी छ । सबैले सबैको अधिकार, इज्जत र मान को ख्याल गर्दिनु पर्छ ।’

साम्पाङले अभिभावकत्व निर्वाह गर्न नसकेको भन्दै उनले थप भनेका छन्, ‘सरकार नबुझ्ने, बोल्न नसक्ने, गरिब, निमुखा, शोषण, दमन, अन्याय र अत्याचार भएकाको मानिसको असल अभिभावक हो ।’

मेयर साम्पाङले सामाजिक सञ्जालमा राखेर भिडियो :