धरान : सम्यक शिक्षा समूहले धरान-१० स्थित पञ्चायत माविका १५ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप शैक्षिक सामाग्री प्रदान गरेको छ ।

अभिभावकको आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन नसकेका विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा सोमबार आयोजित एक कार्यक्रम बिच समूहकी अध्यक्ष अनुपमा शाक्यले विद्यार्थीहरूलाई सामाग्री वितरण गरिन् । उनीहरूलाई कापी, कलम, झोला, जुत्ता, मोजा, छाता सहित दैनिक जीवनमा चाहिने साबुन, पेस्ट प्रदान गरिएको हो ।

समूहले २०६९ साल देखि आर्थिक अवस्था कमजोर भएका विभिन्न विद्यालयका बालबालिकाहरूलाई सम्यक छात्रवृत्ति वितरण गर्दै आएको सम्यक छात्रवृत्ति परियोजना निर्देशक सन्दीप शाक्यले बताए ।

प्रधानाध्यापक उत्तम श्रेष्ठले छात्रवृत्तिले विद्यार्थीहरूलाई हौसला बढ्ने र पढाइ लेखाइमा सहयोग मिल्ने बताए । समूहका सहसचिव दीपेन्द्र श्रेष्ठ कसजुले कार्यक्रम सञ्चालन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर गुरुङ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रुद्रबहादुर न्यौपाने, बाल क्लब अध्यक्ष जेनिस नेङमाङ लगायतको उक्त अवसरमा उपस्थिति थियो ।

सम्यक शिक्षा समूहका निवर्तमान अध्यक्ष चन्द्रमाया शाक्य, उपाध्यक्ष मनोज श्रेष्ठ, सचिव सुस्मिता शाक्य ,कोषाध्यक्ष पन्चु शाक्य, सदस्य सरिता श्रेष्ठ, लक्ष्मी शाक्य, लसता बज्राचार्य कार्यक्रममा सहभागी थिए ।

samyak-scholarship