धरान : झापाको बिर्तामोड-१ मा बिहीबार ट्रकको ठक्करबाट दोलखाकी एक महिलाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर जनाएको छ ।

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल हिडि रहेकी दोलखा जिल्ला कालिन्चोककी ५१ वर्षीय देविमाया थामीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

घाइते थामीलाई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोडमा पुराएपछि मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक सुनसरी गढि गाउँपालिका-४ का ३९ वर्षीय रमेश चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।