धरान: प्रहरीले भारतबाट लागु औषध ब्राउन सुगर लिएर आउँदै गरेको बेला विराटनगर–१६ बाट मोरङ बेलबारी–३ का २५ वर्षीय मिलन धिमाललाई २९८ मिलिग्राम, इटहरी–१६ का ३६ वर्षीय सुजन विकलाई ७ ग्राम २३ मिलिग्राम तथा इटहरी–२० का ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकीलाई ब्राउन सुगर १ ग्राम ४६ मिलिग्राम सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो । 
सोही दिन झापाको गौरीगञ्ज गापा–२ बाट बा २८ प ५३८४ नम्बरको मोटरसाइकल चालक दमक–३ का २२ वर्षीय दीपेश बानिया र पछाडि बस्ने गौरा दह–५ का २२ वर्षीय अभिषेक राईलाई ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 
प्रहरी चौकी कोरोबारीको प्रहरी टोलीले पक्राउ गरेको उनीहरूको बारेमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट अनुसन्धान सुरु गरेको छ ।