इटहरी : नेपाल शिक्षक सङ्घ सुनसरीको दोस्रो प्रतिनिधिसभा शनिवार इनरुवामा सम्पन्न भएको छ । 
कार्यक्रममा बर्सभरिका गतिविधि र भावी कार्य योजना समेटिएको सांगठानिक प्रतिवेदन जिल्ला सचिव रोवनराज कार्कीले प्रस्तुत गरे । आर्थिक गतिविधि समेटिएको प्रतिवेदन अर्थ सचिव काशीराम चौधरीले पेस गरे । 
नेपाली काँग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्लाका ११ वटा स्थानीय तहको अधिवेशन सकिए पनि धरान नगर अधिवेशन हुन नसकेको अवस्थामा पुरानै समितिलाई काम गर्न दिने निर्णय भएको छ ।
आशाबहादुर राईको नेतृत्वमा रहेको समितिलाई अर्को अधिवेशन नहुँदासम्म काम गर्न दिने निर्णय भएको प्रतिनिधिसभाबाट पास भएको छ । 
सुनसरी जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहेको कार्यक्रममा विशिष्ट अतिथि नेपाल विद्यार्थी सङ्घ सुनसरी अध्यक्ष प्रमोद भट्टराई, नेपाल शिक्षक सङ्घ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरी, पूर्व सङ्घीय सदस्य रेणुका पोखरेललगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रम नेपाल शिक्षक सङ्घ सुनसरी अध्यक्ष वेणुप्रसाद सिग्देलको सभापतित्वमा भएको थियो