धरान: वडा दशैंको सातौं दिन सप्तमीमा धरानको प्रसिद्ध शक्तिपिठ दन्तकालीमा हर्षबडाईका साथ फुलपाती भित्र्याउने गरिन्छ । त्यसैले विहानैदेखि दन्तकालीमा भक्तजनहरुको घुँइचो लाग्छ । यसपाली दिउँसो १ बजे फुलपाती भित्र्याउन विधिपुर्वक पुजारी, पण्डित र स्थानीयबासीको तयारी छ भन्ने खबर बिहानै पाएकोले सोहीअनुसार दिउँसो दन्तकालीतर्फ उक्लिए ।

मन्दिर परिसरमा स्थानीय महिलाहरु भजनर्कितन गरिरहेका थिए । भक्तजनहरुको ओहोरदोहोर बाक्लो थियो । घटस्थापनादेखि मन्दिरभित्र सर्वसाधारणहरुलाई प्रवेशमा निषेध हुन्छ । त्यसैले एउटा ढोका बन्द, र एकातिर पर्दा लगाइएको थियो । यसपाली नेपाली सेना र सशस्त्र प्रहरीको ब्याण्ड बाजाको पनि व्यवस्था भएको खबरले उक्त टोलीलाई केही बेर पर्खनुपर्ने थियो । म मन्दिर परिसरमा डुल्दै त्यहाँको गतिविधिहरु कैद गर्दै थिए । एक पटक बन्दै भएपनि मन्दिरको ढोका खिच्नुपर्यो भनेर त्यतातिर गएको त एक महिला अनौठो हर्कत गर्दै थिइन् ।

aIMG_6147 copy

म केही क्षण मात्र अल्मलिए, त्यसपछि भटाभट उसको तस्बिर कैद गर्न थाले । उनी मन्दिरतर्फ फर्किएर हात फैलाउदै रुदै थिइन्, तर उनको आवाज बाहिर आइरहेको थिएन । एकछिन पछि फनफनी घुम्न थालिन् । सायद उनलाई आफु के गर्दैछुँ भन्ने केही होस थिएन । मैले माता उत्रिएका केही महिलाहरुको किस्सा सुनेको छुँ । मेरो काकाकी छोरी पनि माता उत्रिएको कारण मलाई ति महिला पनि माता उत्रिएको हो भन्ने अनुमान लगाउन समय लागेन । उसको सम्पुर्ण गतिविधिहरु कैद गर्न इच्छा जाग्यो ।

उनी मन्दिरको सिढीबाट बसेरै पछाडि सर्दै भुँइमा झरिन् । लम्पसार परेर घोप्टो सुतिन् । दुवै हातले दन्तकालीलाई नमस्कार गर्दै निधारले ढोगिरहिन् । उनका दुई जना सहयोगी महिला पनि थिए । उनीहरुको पहिरनले पनि दुवैजना सहयोगी नै हुन् भन्ने देखिन्थ्यो । उनीहरु घरिघरि ती महिलालाई सम्झाएजस्तो गर्थिन् । ती महिला उठेर नाच्ने, रुने गर्न थालिन् । रुदा भने आवाज थिएन, लाग्थ्यो भक्तिमा लिन छिन् । सबैको नजर उनैमा थियो ।

aIMG_6151 copy

त्यहीबीचमा नेपाली सेनाको मार्च पास आयो, ब्याण्ड बाजासहित । सेनाको टोली मन्दिरमा प्रवेश गर्यो, त्यसपछि मात्र सबैको ध्यान ती महिलाबाट अन्त मोडियो । तर, मैले उनको गतिविधिलाई नियाली रहे, सकेसम्म क्यामेरामा कैद गरे । सेनाको फुलपाती दन्तकालीभित्र चढाउने विधि भइरहदासम्म ती महिला सामान्य अवस्थामा फर्किसकेकी थिइन् । उनले धुप बालिन्, र दन्तकालीलाई नमस्कार गरिन् ।

त्यसपछि, केहीबेर तिनै जना महिलासँग भलाकुसारी भयो । उनीहरु इटहरी ७, पचरुखीबाट आएका रहेछन् । अनौठो व्यवहार गर्ने महिला फिरनी चौधरी हुन् उर्फ गौरी माते रहेछन् । उनलाई १०, १२ बर्षदेखि नै यस्तो भएको रहेछ । उनको साथमा एक जना गुरु रहेछिन्, प्रेमलता चौधरी उर्फ भोले बाबा । अर्की महिला मानवत्ति उर्फ हनुमान । ‘उसलाई सानैदेखि गौरी माता उत्रिएको छ, उसको गुरु म हँु, भोले बाबा । यहाँ दन्तकालीमा भक्ति गर्न आउदा उसलाई शान्ति मिल्छ,’भोले बाबाले भनिन् ।

aIMG_6154

aIMG_6169

aIMG_6155

aIMG_6176

aIMG_6177

aIMG_6178

aIMG_6179 copy

aIMG_6231

aIMG_6232