पथरी : मोरङको पथरीमा बस पल्टिदा ३५ यात्रु घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत पथरी मंगलवारे सडक खण्डको हरियाली सामुदायीक वनको उत्तरतर्फ बस अनियन्त्रित भई दुर्घटना भएको हो । काकरभिट्टाबाट धरान जादै गरेको को १ ख ४५१७ नम्वरको न्यु नागरिक यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको थप उपचारका लागि विराटनगर लगिएको छ । बस सडकबाट उत्तर तर्फ पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रहरी निरीक्षक कमल बजगाइका अनुसार घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको पथरी हस्पिटल पथरीमा उपचार भइरहेको छ । वसका चालकलाइ नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको वजगाइले जनाए ।