इटहरी:सुनसरीको इनरूवास्थित सखुवागाछिमा मंगलबार राती भएको आगलागीमा ५० लाख बढीको क्षति भएको छ । राती करिब सवा ८ बजे स्थानीय सुरेन्द्र दुलालको घरमा आगलागी भएको थियो । दुलालको आधा पक्की र काठको २ तले घरमा आगलागी भएको थियो । आगलागीबाट ५० लाख बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीको कारण स्पष्ट हुन नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीय बताउँछन् ।