धरान: सम्पुर्ण प्राणीजगत एवं लोक कल्याणको लागि धरान १५, श्याम चोकस्थित ङाग्युर ञीङमा ङ्युङ्ने ल्हाखाङ गुम्बामा तिब्बतबाट बौद्ध धर्मका प्रसिद्ध २१ औं अवतारी धर्म गुरु आएका छन् ।

कार्तिक २४ गतेदेखि शुरु भएको १० करोड बज्र गुरु जप तथा अष्ट गुरु छाम(नृत्य) कार्यक्रममा सहभगाी हुन २१ औं अवतारी दुज्योम साङ्गे पेमा सेपा रिम्पोछे शुक्रबार धरान आएका हुन् । बौद्ध धर्मावलम्बीहरु माझ अत्यन्तै सम्मानित रहेका २१ औं अवतारी तिब्बतबाट पहिलो पटक नेपाल आएका हुन् । उनलाई बौद्ध धर्मावलम्बीहरु सरन नायक परम पावन भनेर सम्बोधन गर्ने गर्छन् ।
शुक्रबार श्याम चोकस्थित गुम्बामा लैजानु अघि धरान भानुचोक, छाताचोकमा र श्यामचोकमा भव्य स्वागत गरिएको थियो । उनको दर्शनको लागि बौद्ध धर्मावलम्बीहरुको घुइचो थियो । गुम्बाले लोक कल्याण तथा बौद्ध शिक्षा १२ कक्षासम्म पुर्याउने उद्देश्यले कोष स्थापना गर्ने र गुरु छेन्गो नृत्य स्थापनाको लागि अक्षयकोष जुटाउन कार्यक्रम आयोजना गरेको गुम्बाका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष लोकबहादुर थिङले जानकारी दिए ।


थिङका अनुसार १२ सय बर्षअघि गुरु रिम्पोछेले बौद्ध शिक्षा प्रचारको क्रममा लगाएको पहिरन र देखाएको नृत्य दुर्लभ मानिन्छ । धरानमा यो नृत्य स्थापना गर्न अक्षय कोष बनाउने पनि उद्देश्य राखिएको छ । यसअघि कार्यक्रममा ७ औं अवतारी सिम्दा गेटुल रिम्पोछे पनि सहभागी भइसकेका थिए । कार्यक्रममा प्राचीन नाच देखाउने र २ गतेसम्म १० करोड मन्त्र जप निरन्तर चल्ने आयोजकको भनाई छ । मंसिर २ गते वाङ अर्थात आर्शिवाद ग्रहण गरेसँगै कार्यक्रम समापन हुने नेपाल तामाङ घेदुङ संघका सल्लाहकार सुजेन्द्र तामाङले जानकारी दिए । २१ औं अवतारी रिम्पोछे धरानका अन्य गुम्बाहरुमा पनि जाने कार्यक्रम रहेको पनि उनले बताए ।

AIMG_6975

AIMG_6979 copy

AIMG_6982 copy

AIMG_6986

AIMG_7009 copy

aIMG_7024 copy

AIMG_7003 copy

aIMG_7026