विर्तामोडः सवारी चलाउदा मादक पदार्थ सेवन गरे नगरेको जाँच(मापसे चेकिङ्ग)लाई जिल्ला ट्राफिक कार्यालय झापाले कडाइका साथ अघि वढाएको छ ।
राजमार्गमा सवारी दुर्घटना वढेसँगै जिल्ला ट्राफिक कार्यालय झापाले सडक निगरानिलाई २४ सै घण्टा ब्रेथलाइजर सहित टोली खटाउन थालेको छ । अधिकांस सडक दुर्घटना मापसे गरेर सवारी चलाउदा हुने गरेको जिल्ला जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरिक्षक राजेश राइले वताए । उनले भने,“अधिकांस सवारी दुर्घटनामा मापसे गरेर सवारी चलाएकाहरु भेटिने गरेका छन्, यही कुरालाई मध्यनजर गरेर २४ घण्टा विभिन्न स्थानलाई लक्षित गरी मापसे जाँच गर्ने र मापसे गरेको भए कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्छौ ।”
झापा जिल्लाका ६ ठाउँमा नियमित मापसे जाँच गर्ने कार्यको थालनी भएसँगै मापसे गरेर सवारी चलाउनेको संख्या घट्ने देखिएको छ ।

नेपाल सरकारबाट प्राप्त भएका ब्रेथलाइजर ४ वटा र साहारा नेपालले प्रदान गरेका २ वटा गरी झापामा जम्मा ६ वटा मेसिनहरु चालु अवस्थामा रहेका छन । राज्यकातर्फबाट प्राप्त मेसिन सञ्चालनमा केही झन्जट भए पनि साहारा नेपालले प्रदान गरेका २ वटा मेसिनहरु भने सहज रुपमा चलाउन सकिने जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरिक्षक कालिदास रेग्मी बताउँछन ।  मापसे गरेर सवारी चलाएको पाइएमा सेवनको मात्रा र प्रकृति हेरेर सवारी चालक अनुमती पत्र हुनेलाई लाइसेन्स प्वाल पारेर १ हजार र लाइसेन्स नहुनेलाई २ हजारसम्म जरिवाना हुने जिल्ला ट्राफिक कार्यालय झापाका शहायक प्रहरी निरिक्षक याम बहादुर खड्काले जानकारी दिए ।