इनरुवा : सुनसरीको कोशी गाउँपालिका वार्ड नम्बर ३ पश्चिम कुसाहामा जंगली हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । बिहानको समयमा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको २ वटा हात्तीको समूहले स्थानीय चारजनाको घरमा क्षति पुर्याएको हो । आरक्षबाट निस्किएको हात्तीले गाउँ पसेर कोशी गाउँपालिका ३ पश्चिम कुसाहाका स्थानीय तस्लिम मन्सुरी, इस्माईल मन्सुरी, इजराईल मन्सुरी र महम्मद मियाँको घरमा क्षति पुर्याएको स्थानीय प्रत्यक्षदर्शी ईरफान अन्सारीले जानकारी दिए ।

बिहीबार सुनसरीको कोशी गाउँपालिका ८ भाण्टावारीमा पनि आरक्षबाट आएको दुईवटा अर्नाले स्थानीय दुईजनाको घरमा क्षति पुर्याएको  छ । आरक्षबाट निस्केर आएको अर्नाले स्थानीय दिपक सिंह र काली शर्माको घरमा क्षति पुर्याएको हो । अर्नाको समूहले दिपक सिंहको दुईवटा गाईलाई आक्रमण गरी घाइते समेत बनाएको छ ।