झापा: झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ लालझोडामा आगलागीमा परेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । आगलागीमा परी मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीय राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल र ३ महिनाका नावालक टीकाराम खनाल रहेका छन् । आइतबार राती घरमा भएको लागलागीमा परी उनीहरुको जलेर मृत्यु भएको हो । आइतवार राती ९ वजेको समयमा आगलागी भएको स्थानीयहरुको भनाइ छ । स्थानीय भानु माध्यमिक विद्यालयबाट करिव २० मिटर नजिकमा रहेको खनाल परिवारका सम्पुर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागि भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ । आगलागी हुनुका कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

ago 1 ago 2