धरान: लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्र्तगत धरानका विद्यालय, समुदायस्तरमा लागुऔषध दुव्र्यसन र यौन दुव्र्यवहारविरुद्ध प्रशिक्षण कार्यक्रम चलिरहेको छ ।

महिला सञ्जाल धरान उपमहानगर समितिको आयोजना, धरान उपमहानगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यालयको सहकार्यमा १६ दिने अभियानअन्र्तगत विद्यालय र समुदायमा नै पुगेर सचेतनामुलक प्रशिक्षण कार्यक्रम भइरहेको छ । विश्वव्यापी यो अभियान लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौ, कोही नछुटौ भन्ने मूल नाराका साथ मंसिर ९ देखि शुरु भएको हो । मंसिर २४ गते मानव अधिकार दिवससँगै अभियानको समापन हुन्छ ।

महिला सञ्जालका अनुसार धरान १३ देविमार्गमा लागु औषध दुव्र्यसन र यौन दुव्र्यवहार प्रतिकार विषयक कार्यक्रम भइसकेको छ । पारालिगल नगर कमिटीको व्यवस्थापनमा भएको प्रशिक्षणमा संजिवनी केन्द्रकय काउन्सिलर रविन तामाङ्ग, वडा प्रहरी कार्यालय धरानका प्रमुख जसबहादुर लिम्बु, ईलाका प्रहरी महिला सेल प्रमुख यज्ञ सुवेदीले प्रशिक्षण दिएको उपाध्यक्ष सपना राईले जानकारी दिइन् । यस्तै, वडा नं ८ मा राष्ट्रिय आदिवासी जनजाति महिला महांसघ समन्वय परिषद्को आयोजनामा पनि लैगिक हिंसा तथा लैगिक समानता विषयक अनुशिक्षण कार्यक्रम भइसकेको छ । धरान ५ ठिङ्गाबारीको वडा कार्यालय भवनमा टोलविकास समिति, जनप्रतिनिधिसहित लैगिक हिंसा तथा मुलुकी ऐन सम्बन्धी अनुशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

tv 2

ल्याक महिला सशक्तिकरणले व्यवस्थापन गरेको उक्त कार्यक्रममा भदौ १ गते देखि लागु भएको मूलुकी ऐन, देवानी कानुनबारे अधिवक्ता रामबाबु घिमिरेले प्रशिक्षण दिएको ल्याकी अध्यक्ष मिना पुलामीले जानकारी दिइन् । सोही कार्यक्रममा लागुपदार्थ दुव्र्यसन र त्यसले पार्ने पारिवारिक, सामाजिक असरबारे वडा प्रहरी कार्यालय प्रमुख जस बहादुर लिम्बुले कक्षा लिएका थिए । अभियानअन्र्तगत निकेदन उच्च माविमा पनि लैगिक हिंसा तथा लागुऔषध दुव्र्यवहार सम्बन्धि कार्यक्रम आयोजना भइसकेको सञ्जालले जनाएको छ । महिला एकता मञ्चले व्यवस्थापन गरेको कार्यक्रममा लागुऔषध प्रयोगबाट हुने जोखिमबारे प्रहरी अधिकारीले जानकारी दिएका थिए भने लैगिक हिंसाका विषयमा महिला संजालकी कोषाध्यक्ष लहरुमाया जिमीले जानकारी दिएकी थिइन् ।

किशोरावस्था जिज्ञासु हुने, गलत संगत र अभिभावकहरुको कम निगरानीका कारण लागुऔषधमा फस्न सक्ने भएकोले विद्यार्थीहरुलाई लक्षित गरि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको एकता मञ्चकी अध्यक्ष यशोदा कायस्थले बताइन् । ‘अझै लैगिक हिंसा र मुलुकी ऐन सम्बन्धी कार्यक्रमहरु विभिन्न स्कुल, समुदायमा गर्न बाँकी नै छ, जनचेतनामुलक नाटक पनि प्रर्दशन गर्ने तयारी छ,’संजालकी अध्यक्ष सविता राईले भनिन्,‘महिला हिंसाको अवस्थाबारे सर्वे पनि भइरहेको छ, यसले धरानमा महिला हिंसा के कारणले हुदैछ, कस्तो प्रकारको हिंसा भइरहेको छ भन्ने देखाउछ, र स्थनीय सरकारलाई नीति निर्माणमा मद्दत गर्छ ।’

tv 1