झापा: झापाको दमकमा रहेको एक निजी बिद्यालयमा अध्यानरत बिद्यार्थीलाई शिक्षिकाले कुटपिट गरेको परिवारले आरोप लगाएका छन । ग्लोबल एजुकेशन एकाडेमीमा कक्षा नर्सरीमा अध्यानरत ३ बर्षीय आरुषी पन्थीलाई शिक्षिकाले नै निलडाम हुने गरि कुटपिट गरेको परिवारले जानकारी दिएको हो ।

विद्यालयबाट मामाली घर आएपछि बालिकाको माइजुले स्कुुको ड्रेस चेञ्ज गर्ने क्रममा निलडाम घाउ देखेकये माया बिक्रम केसीले बताए । निलघाम देखेपछि स्कुलमा गई सोधपुछ गरेको तर कसैबाट प्रतिक्रिय नआए पछि उपचारको लागि अस्पताल ल्याएको उनले बताए । बिद्यालयको कक्षा नर्सरीमा २ जना शिक्षिकाले पढाउने गरेको विद्यालय स्रोतले जनाएको छ ।

यसरी बिद्यार्थीहरुलाई कुटपिट गरेर अध्यापन गराउन नपाइने शिक्षा नियामवलीमा उल्लेख छ । तर यहाँ ३ बर्षीय बालिकालई कुटपिट भएको भन्दै परिवारजन आक्रोशित छन् । विद्यालयका प्रिन्सिपल गुणराज अधिकारी भने बिद्यार्थीलाई कुटपिट गर्न बिद्यालयले कसैलाई निर्देशन नदिइने भन्दै घटनाको बिषयमा छनबिन गरि दोषीलाई कडा काबाही गर्ने पनि बताए । पीडित बालिका यही शैक्षिक सत्रबाट सो बिद्यालयमा पढ्न शुरु गरेकी थिइन् । हाल उनको दमकस्थित निम्स नेशनल अस्पतालमा उपचार भैरहेको छ ।