इटहरी: इटहरीमा सडकको बिजोग हुँदा दिउँसै रुख लडेर टेम्पो किचेको छ । 

सोमबार दिउँसो १२ बजे इटहरीको धरान स्टेन नजिकै प्रभु बैंक अगाडि रुख लडेर को २ ह ३११४ नम्बरको टेम्पोलाई किचेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार रुख लडेर टेम्पोलाई किचेको समयमा टेम्पोमा यात्रु सवार थिएनन् । रुखले टेम्पोको हुटमा प्रभाव पारेको छ । सडक किनारमा रहेका मक्किएका रुखले टेम्पो किचिएको बुझिएको छ ।

यसअघि ६ लेन सडक निर्माण गर्नुपूर्व मुख्य राजमार्गमा मक्किएका रुखले स्थानीय मानिसलाई तथा यात्रुहरुलाई प्रत्यक्ष प्रभाव पारेको थियो । मक्किएको रुखका कारण मानिसले ज्याननै गुमाउनुपर्ने खतरा भईरहेको समयमा सडकका रुखको व्यवस्थापन गर्नुपर्ने इटहरी बासीको तर्क रहेको छ । सडक किनारमा रुख चाहिने भएपनि मक्किएका रुखले अवस्था जिर्ण बनेको छ ।