ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “टहरामा रात बिताउँदै अग्नि पीडित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजारमा भीषण आगलागी भएको २ वर्ष वितिसक्दा पनि अग्निपीडितहरु अझैँ टहरामा बस्न बाध्य छन् । आगलागी भएको दुई वर्ष पूरा हुदाँ पनि पीडित परिवारले नेपाल सरकारद्धारा घोषित राहत नपाउँदा टहरामा चिसो रात कटाइरहेका छन् । आगलागी भएको क्षेत्रमा अहिलेसम्म चारओटा स्थायी घर बनेका छन् भने तीनओट जस्तापाताका अस्थायी घर बनेका छन् । आगलागीपछि आएका विभिन्न संघ संस्थाका राहतले पीडितहरुको पीडामा मलमपटटी लागे पनि सर्वस्व गुमाएका पीडितहरु पुनः निर्माणको काम गर्न अलमलमा परेका स्थानिय समाजसवी भोला काफलेले बताए ।
म्र्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “विद्यार्थीको टाउकामा कुटेपछि न्युरो अस्पतालमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । स्कुलमा विद्यार्थीलाई शाीिरिक रुपमा पछि सम्म दखल हुने गरी शिक्षकले कुटपिट गरेको समाचार सञ्चार माध्यममा आईरहेका हुन्छन् । शैक्षिक क्षेत्रमा त्यसबारे बहस हुन्छ । तैपनि विद्यालय र शिक्षकहरुमा सुधार भने आएको देखिन्न । यस्तै घटना ईटहरी –२०, तरहरास्थित जनसहयोग विद्यालयमा गएको सोमबार दोहोरीएको छ । विधार्थीलार्इृ टाउको भित्र दखल हुने गरी भित्तामा बजारेपछि उनलाई विराटनगर स्थित न्युरो अस्पतालमा उपचारको लागि लैजानु परेको अभिभावकले बताएका छन् । विद्यालयले शिक्षकलाई कार्वाही गनुको सटटा घटनालाई गुपचुप राख्ने प्रयास गरेको खुलासा भएको छ ।
औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “१३ वर्षिय प्रेम जीवन र मरणको दोसाधमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बराहक्षेत्र नगरपालिका वडा २ का एक १३ वर्षिय बालक जीवन र मरणको दोसाधमा छ । मीलन चौक निवासी अमर विकका छोरा प्रेमलाई बोन म्यारो भई विरामी छन् । आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि बोनम्यारो रोगले पीडितका परिवारले सहयोगका लागि आग्रह गरेका छन् ।
उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “दोहोरो नागरिकता लिने भारतियलाई कैद” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । जिल्ला अदालत मोरङले दोहोरा नागरिकता लिने तीन जना भारतीय नागरिकलाई कैद र जरिवाना सजायको फैसला गरेको छ । एक परिवारका तीन भारतीय नागरिकले नेपाली नागरिकता लिएको प्रमाणित भएपछि अदालतले कैद र जरिवानाको फैसला गरेको हो ।