इनरुवा: सुनसरीको हरिनगर र देवानगंज गाउँपालिकामा व्यावसायिकरुपमा लगाइएको गाँजा खेतीलाई प्रहरीले नष्ट गरेको छ ।

हरिनगर गाउँपालिका वडा नं ४ र देवानगंज गाउँपालिका वडा नं १ र ३ मा लगाइएको गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय हरिनगराले ३ वटै वडाबाट ७ गाडी गाँजाको बोट नष्ट गरेको हो । इलाका प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी हरिनगरा, स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरु तथा संचारकर्मीहरुको रोहबरमा गाँजा नष्ट गरेको हो । दुई गाउँपालिको ३ वटा वडाबाट १० हजार ५ सय ५० गाजाका बोट नष्ट गरिएको इलाका प्रहरी कार्यालय हरिनगराका नायव उपरीक्षक भिम बाहादुर श्रेष्ठले बताए ।

हरिनगर र देवानगंज गाउँपालिकामा गाँजाको बोट कसैको घरमा पनि नछाड्ने उनले बताए । जिल्लामा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न ठाउँमा प्रहरी नै पुगी गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुनिल दाहालले बताए । उनले भने ‘जिल्लामा गाँजा सेवन र बिक्री वितरण रोक्न बोट नष्ट अभियान सञ्चालन गरिएको हो ।’ उनका अनुसार स्थानीय तहमा भेटिएका गाँजाका बोट फेदैदेखि काटेर जलाइएको छ । जिल्लामा लागुऔषध नियन्त्रण अभियान निरन्तर जारी रहने पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले एक २ दिन देखि हरिनगरा तथा देवानगंजमा गाँजा नष्टको अभियान नै सञ्चालन गरेको छ ।