ताप्लेजुङ:श्रीमतीलाई जर्बजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ एक श्रीमान् पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सिरिजंगा गाउँपालिकाका २४ वर्षीय एक व्यक्तिलाई श्रीमतिलाई करणी गरेको अभियोगमा पक्राउ गरेको हो । उनीविरुद्ध २० वर्षीया श्रीमतीले आफुलाई जर्बजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । श्रीमतिको उजुरीपछि इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले श्रीमान्लाइ पक्राउ गरेको हो ।

प्रहरीले उनलाई आठराइ त्रिबेणी गाउँपालिका–४ चाँगेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।