दाङः विद्यार्थी, शिक्षक बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ३ स्थित राम्री भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संखया १६ पुगेको हो ।

बस सडकखण्डबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको संख्या १६ पुगेपनि सनाखत हुन नसकेको प्रहरीको भनाई छ । उद्दार कार्य जारी रहेकोले थप विवरण आउने क्रम जारी छ । वनस्पति उद्यानको अवलोकन गरेर विद्यार्थीसहित फर्किरहेको बस दाङको तुलसीपुर ३ राम्री भन्ने ठाउँमा दुर्घटना भएको थियो ।