सप्तरीः ६ वर्षीया बालिकालाई हस्तमैथुन गर्न लगाएको आरोपमा सप्तरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बोदे बसाइनले सप्तरीको बोदे बसाइन नगरपालिका–७, हैटी टोलका ३५ वर्षीया वरूण रामलाई पक्राउ गरेको हो ।

घरपरिवारका सदस्यहरु धान काट्न खेत गएका बेला घरमा एक्लै बसेकी बालिकालाई नजिकैको केराबारीमा लगेर काखमा राखी वरुणले हस्तमैथुन गराइरहेको देखेपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । पक्राउ परेका वरुणलाई बालयौन दुरूपयोग अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए ।