पथरी: पुर्व पश्चिम राजमार्गको कानेपोखरी बेलबारी सडकखण्डमा आइतबारर दिउँसो भएको सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका २ जनाकै मृत्यु भएको छ ।

घाइतेमध्ये ईलामको फाकफोकथुम गाँउपालिका ५ का २२ बर्षिय प्रबिण तामाङ र पछाडि सवार झापाको बुद्धशान्ति गाँउपालिका ३ की ४५ बर्षिया नरमाया तामाङको उपचारका लागी धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको बेलबारी प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका दुवै फुपु भदै नाता हुन् । धरानस्थित बिपी प्रतिष्ठानमा पुर्याएलगत्तै चिकित्सकहरुले दुवैलाई मृत घोषणा गरेका थिए ।

उनीहरु मे ८ प १८७८ नम्वरको मोटरसाइकलमा सवार भएर पुर्वतर्फ जादै गरेका थिए । दुवै सवार मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको ना ४ ख ४८१३ नम्वरको मातृ भाग्य रेखाबस को बसलार्इ ठक्कर दिएपछि दुर्घटना भएको थियो । वसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।