पथरी : मोरङ्ग पथरीशनिश्चरेका पवन अधिकारी ५ महिना अघि विदेश जान भनेर २ पटक काठमाडौंका म्यानपावरमा पुगे । यूएइको भिषा मिले विदेश पुगेर राम्रो कमाइ हुने आश वोकेका उनी युएइ जान मोटो रकम लाग्ने म्यानपावरले वताएपछि घर फर्के । विदेश जान लाग्ने रकम सिटी सफारीमा लगानी गरेर अहिले राम्रो कमाइ गरिरहेका छन् । पथरी वरापरका यात्रुलाइ गन्तव्यमा पुर्याएर आम्दानी गरिरहेका पवनलाइ अव विदेश जाने मोह मरेर आएको छ । ‘दैनिक ८सय देखि २ हजार सम्म आम्दानी आफ्नै घरमा वसेर गर्न सकिने रहेछ किन वेकारमा विदेश जानु’ कपुरी न्युज संग पवनले भन्छन् ‘स्वारोजगार वन्न स्वदेशमै सकिने रहेछ’। घर परिवार संगै वसेर विदेशमा कमाइने वरावरको आम्दानी हुने उनको भनाइ छ ।

पथरीशनिश्चरेकै लाख वहादुर मोक्तानले मलेसियामा पटक पटक गरेर ६ वर्ष रोजगारी गरे । रोजगारी गरेर फर्किएपछि उनले पनि तिनपाग्रे अटो किने । १८ महिनादेखि पथरीवजार आसपासमा अटो रिक्सा गुडाइरहेका मोक्तानले यात्रुलाइ गन्तव्यमा मात्र पुर्याएका छैनन् आफ्नो आम्दानी पनि राम्रो गरिरहेका छन् । मलेसियाको पेनाङ्ग,कोतादमनसरा लगायतमा काम गर्दा भन्दा आफ्नै परिवार संग वसेर अटो कुदाउदा सन्तुष्टि भएको उनी वताएछन् ।

पेसेन्जरलाइ सहज छ । मोक्तानका अनुसार घरमै पुगेर यात्रीहरुलाइ गन्तव्यमा पुर्याउने काम अहिले अटो र सिटिसफारीले गरिरहेका छन् । पहिला पहिला गाडी चडेर पनि हिडनु पर्ने वाध्यता रहेको भएपनि अहिले वजारमा अटो चल्न थालेपछि सहज भएको छ । घर सम्म पुर्याइदिने गरेकामा यात्रु पनि सन्तुष्ट छन् । मोक्तानले मलेसियामा कमाइ गरेको केहि रुपयाँ जम्मा गरेर किनेको अटो वाट दैनिक ३ हजार सम्म कमाइ गरेको वताउछन् । सधै कमाइको अनुपात एउटै हुदैन तर चाडपर्वमा कमाइ र खटाइ वडि नैै हुने गरेको छ । पहिला पहिला पथरीमा रातीको समयमा कोहि आगन्तुक आए भनेको गन्तव्यमा पुग्न गाह्रो हुने भएपनि अहिले अटो हरुले जुनसुकै समयमा पनि सेवा दिने गरेको भुल्के मोरङ्ग यातायात प्रालिका अध्यक्ष पुर्ण कार्की वताउछन् । कार्किकै अग्रसरतामा पथरीमा टेम्पु तथा सफारी चालकहरुले संयुक्त रुपमा कम्पनी नै दर्ता गरेका छन् । यो कम्पनीमा मात्रै ११५ वटा अटो दर्ता भएका छन् । पथरीमा नै सुनाखरी अटो प्रालि रहेको छ । जसमा २५० अटो तथा सफारी आवद्ध भएको प्रा.ली.का सचिव रविन थुलुङ्गले जानकारी दिए । जिर्ण वाटोका कारण सफारी तथा अटो संन्चालन गर्न समस्या रहेको अटो संन्चालक वताउछन् । जिर्ण सडकका कारण सवारी दुर्घटना हुने र सवारीमा क्षती पुग्ने गरेको छ अटो संन्चालक मोक्तान वताउछन् ।

मलेसिया र कतारमा गरेर ७ वर्ष रोजगारी गरेको पथरीशनिश्चरे कै झनप्रसाद पोख्रेल पनि १ वर्ष देखि अटो सन्चालन गरेर वसेका छन् । पहिला सफारी किनेका उनले पछि सफारी वेचेर अटो किनेका हुन् । ‘सफारी भन्दा अटोमा राम्रो कमाइ हुने देखे पछि अटो किनेको हु’। सहफाइनन्सको सुविधा वडेपछि पथरी क्षेत्रका युवाको रुचि अटोमा वडेको हो । विभिन्न सहकारी र वैकले अटो खरिद गर्न सहजसाथ ऋण उपलव्ध गराएका छन् । महिनाको १० देखी १५ हजार सम्मको किस्ता हुने र सो किस्ता तिर्ने कमाइ अटोले नै गर्ने भएपछि पथरीमा पछिल्लो समय अटोको संख्यामा पनि वृद्धि भएको हो ।
परिवार संगै वसेर विदेशमा हुने जति कमाइ स्वदेशमै हुने र स्वरोजगारको भरपर्दा विकल्प अटो भएपछि पछिल्लो समय यो क्षेत्रका युवाको आर्कषण अटो र सफारी संन्चालनमा भएको छ । ट्राफ्रिक वाट वेलावेलामा पाइने झन्झट वाहेक खासै समस्या पनि नरहेको उनीहरु वताउछन् । लाइसेन्स समयमा नखुल्दा उनीहरुले समस्या व्योर्होने गरेका हुन् ।