उर्लाबारी: मोरंग उर्लाबारी ७ स्कूलडाँडा(पशुपति मार्ग)स्थित रामबहादुर थापाको घरमा सोमबार साँझ आगलागी एक जनाको मृत्यु भएको छ । खरले छाएको घरमा आगलागी हुदा थापाकी बुहारी रिनाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सई प्रकाश पराजुलीका अनुसार वृद्ध थापा, बुहारी र नाती मात्र घरका बस्ने गरेका थिए । जलेको अवस्थामा शव भेटिएकोले बुहारी रिनाको भएको अनुमान गरिएको हो । 'के कारणले आगलागी भयो भनेर अनुसन्धान गरिरहेका छौ, अहिले हामी घटनास्थलमा नै छौ,'सई पराजुलीले भने,'नाती र बाजे बाचेका छन्, त्यसैले शव बुहारीकै हुनुपर्छ ।'