धरानः करिब अढाई दशकपछि मोरङको याङशिलामा ७ दिने कालोपानी संस्कृति तथा पर्यटन मेला २०७५ आयोजना हुने भएको छ ।

यही पुष १५ गतेदेखि २१ गतेसम्म आयोजना हुने मेलाको तयारी तीब्र गतिमा अघि बढीरहेको छ । साविकको याङशिला गाविसमा रहेको पर्यटकीयस्थलहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्नको केराबारी ६ कालोपानीमा कालोपानी धार्मिक तथा साँस्कृतिक मेला ०७५ आयोजना हुदैछ । कालोपानीमा परापुर्वककालदेखि लाग्दै आएको मेला माओवादी जनयुद्ध शुरु भएपछि सुरक्षाको दृष्टिले रोकिएको थियो ।

अहिले स्थानीयबासी सबै जुटेर पुनः सोही मेलालाई निरन्तरता दिन लागिएको मेलाका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । ‘२०५२ सालमा जनयुद्ध शुरु भएदेखि यहाँको सुरक्षाको दृष्टिले मेला बन्द भएको थियो, हाम्रो परम्परादेखि चलेको सँस्कृतिलाई फेरी शुरु गर्न लागेका छौ,’उनले भने । कालोपानीमा आदिवासी जनजातीहरुको बहुल्यता छ । त्यहाँ परापुर्वककालदेखि नै प्रत्येक पुष १५ गते पुषे मेला लाग्दै आएको थियो । आफ्नो अन्नपात उब्जनी भएपछि बालीनाली थन्काएर किसानहरु मेलामा रमाइलो गर्ने प्रचलन थियो । उक्त मेलामा धरान, इटहरीबाट पनि मानिसहरु पुग्थे ।

45108654_567262090395885_5215359374280622080_o

पुष १५ गते मेलाको उद्घाटन केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्कीले उद्घाटन गर्नेछन् । मेलामा स्थानीय रुपको जातीय खानाका परिकार सहित मनोरन्जनहरु पनि हुनेछन् । याङशिलाको पर्यटन प्रवद्र्धनको लागि सम्भावित क्षेत्रहरुको फोटो प्रर्दशन हुनेछ भने चर्चित गायकहरु शम्भु राई, प्रताप दास, दिपा लामा, सुरेश लामा र हाँस्य कलाकार विक्रम धिमालको पनि प्रस्तुती हुनेछ । यस्तै, फुटवल प्रतियोगिता पनि हुनेछ भने साकेला, च्याव्रुङ, सेलो, हुर्रा नाच, लाखे नाच जस्ता जातीय नृत्यहरु पनि प्रस्तुत गरिने भएको छ ।

ढुङ्गै –ढुङ्गाको ठाउँ भनेर पहिचान वनाएको याङ्शिला धरान उपमहानगरदेखि झण्डै ११ किलोमीटर पुर्वी क्षेत्रमा पर्दछ । धरानदेखि पानबारी हुँदै त्यहाँ पुग्न सकिन्छ । साविकको याङ्शिला तर हालको केराबारी गाउपालिका पर्ने सो स्थानमा वडा नम्बर ७, ८, ९ र १० नम्बर वडाहरु समथल भुभागहरु पर्दछन् । यी वडाहरुमा प्राय: ठुल्ठुला ढुंगाहरु पाइन्छ । याङ्शिलाको यो विशेषता नै हो । अन्य ६ वटा वडा भने पहाडी क्षेत्रहरु पर्दछन् । जहाँ पर्यटकीय क्षेत्रहरुको प्रवल सम्भावनाहरु बोकेको छ । तर भौगोलिक विकटताले पनि सो क्षेत्रको प्रर्वद्धन हुन नसकेको स्थानीयहरु वताउँछन् ।

पर्यटकीय क्षेत्रहरु के के छन् त ?

सुनसरी, मोरङ र धनकुटाको संगम स्थलको रुपमा परिचित साविक याङशिला गाविस हाल कराबारी गाउपालिकामा मधेशका फाँटलाई दृश्यावलोकन गर्न सकिने टाकुरे डाँडा, दुम्सेढुंगा, जगरे डाँडा, तोपथुम्का, याङशिलाका साथै बाह्रै महिना हुस्सेले ढाक्ने चिउरी भन्ज्याङ जस्ता आकर्षक स्थलका रुपमा भएपनि सो क्षेत्रको बारेमा प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेका स्थानीयवासीहरु वताउँछन् ।

45121878_567262180395876_5632584085235826688_o