धरान:तल्लो पानवारा जाने बाटोमा सेउती खोलामा बनेको नयाँ पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ ।

बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव भने सडेको अवस्थामा थियो । उक्त शवलाई प्रहरी, वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा गाडिएको स्थानीय कुमार भारतीले जानकारी दिए ।

यता, इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बच्चाको शवजस्तो देखिए पनि लिंग(महिला वा पुरुष) खुल्न नसकेको र जंगली जनावरले उधिनेर निकालेको जस्तो देखिएको बताए । ‘मासुको डल्लो जस्तो, लिंग पनि नखुल्ने अवस्थामा कुहेको भेटियो । बच्चा तुहेर कपडाले बेरेर वालुवामा गाडेको पनि हुनसक्छ,’उनले भने,‘लिंग नै नखुलेको हुनाले हामीले सिरियसली हेरेनौ ।’