पथरी: मोरङ्गको लेटाङ्ग ९ जाते वजारमा प्रहरीले गरेको समुदायसँग चिया कार्यक्रममा नेपाल प्रहरीका गतिविधि माथि स्थानियवासीले गुनासो गरेका छन् ।
जातेमा भएको कार्यक्रममा प्रहरीले जनताको शान्ति सुरक्षाका विषयमा ध्यान पु¥याउन नसकेको गुनासो गरेका हुन् । जातेस्थित श्री मावीमा भएको पानीमा विषादी मिसाइएको घटनामा अपराधी पहिचान गर्न नसकेको, स्थानीय नमुना वचत तथा ऋण सहकारीमा भएको चोरीमा पनि दोषी पत्ता नलगोको, लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि भए पनि नियन्त्रणमा प्रहरीले प्रभावकारी भुमिका खेल्न नसकेको स्थानीयवासीले गुनासो गरेका थिए । यस्तै, जातेमा रहेको अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउन पनि स्थानीयबासीले माग गरेका छन् ।
अस्थायी प्रहरी चौकी जातेका प्रहरी सहयक निरीक्षक सन्तोष कुमार लिम्वुले विविध समस्या हुदा पनि प्रहरी जनताको सुरक्षाको विषयमा गम्भिर रहेको धारणा राखेको थिए । समुदायका समस्या पहिचान गर्न र निराकरण गर्न प्रहरीले समुदायसंग प्रत्यक्ष सरोकारका कार्यक्रम थालनी गरेको र यसले प्रहरी, समुदायको सम्वन्ध राम्रो हुने धारणा राखेका थिए ।