धरान:गुरुङ जातिका चाड तमु ल्होसारको अवसर आज देशभरि धुमधामले मनाइदैछ । गुरुङ जातिले नयाँ बर्षकोरुपमा यो चाड मनाउने गरेका छन् ।

विगतका बर्षहरुमा ल्होसरको दिन विदा दिइने गरेपनि यो बर्षदेखि नेपाल सरकारले कटौती गरेको कारण गुरुङ समुदाय पनि असन्तुष्ट छन् । यद्यपी, आइतबार गुरुङ समुदायहरु नजिकको गुम्बाहरुमा गएर ल्होसार मनाइरहेका छन् । आजदेखि खिलो अर्थात कुकर बर्षको विदा भएर फोलो अर्थात मृग बर्ष शुरु भएको मानिन्छ । ल्होसारको अवसरमा आज धरानमा नयाँ राजा पनि छानिन्छ । बषौंअघिको यो परम्परालाई धरानमा पनि बर्षेनी निरन्तरता दिइदै आएको छ । धरान १८ स्थित गुरुङ गुम्बाकोरुपमा परिचित नेपाल बौद्ध गुम्बा, पुर्वाञ्चलमा दिउँसो ३ बजे घैला फुटाएर नयाँ राजा छानिन्छ ।

IMG_20181230_104906 copy

तहु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद सुनसरीका अध्यक्ष बकसमान गुरुङका अनुसार उहिल्यै बाइसे, चौबिसे राज्य हुँदा गण्डक क्षेत्रमा यो परम्परा थियो । त्यसबेला दौडमा प्रथम हुनेलाई लिगलिगको राजा छानिन्थ्यो भने अन्य राज्यमा कतै छेलो हान्ने प्रतियोगितामा प्रथम हुने, कतै घैला फुटाउने प्रतियोगितामा प्रथम हुनेलाई राजा घोषणा गरिन्थ्यो । त्यही इतिहास एवं परम्परालाई पुर्वका गुरुङहरुले पनि निरन्तरता दिदै जोगाइरहेका छन् । ‘यहाँ पनि हामीले हरेक बर्ष घैला फोर्नेलाई राजा घोषणा गरिरहेका छौ, जसले घैला फुटाउछ उसलाई एक बर्षसम्म हामी राजा नै मान्छौ,’अध्यक्ष गुरुङले भने ।

IMG_20181230_105101 copy

नेपाल बौद्ध गुम्बा, पुर्वाञ्चल धरान १८ का अध्यक्ष पृथ्वीमान गुरुङले नेपाल एकीकरणको क्रममा पश्चिमका गुरुङहरु पुर्व क्षेत्रमा पनि आइपुगेको बताए । पृथ्वीनारयाण शाहले एकीकरण अभियान चलाउदा कालीबहादुर गण थियो । त्यो गणमा गुरुङहरु मात्र भर्ती भएका हुन्थे । ‘एकीकरणमा गुरुङहरुको ठुलो योगदान छ, एकीकरणकै क्रममा हाम्रा पुर्खाहरु छरिए,’उनले भने ।

IMG_20181230_111519 copy IMG_20181230_111601 copy