धरान: दुर्घटनाग्रस्त क्षेत्र एवं धरानको मुख्य नाका रहेको धरान इटहरी सडक खण्डअन्र्तगत धरान ८, स्थित तीनकुनेमा सिसिटिभीको निगरानी हुन थालेको छ ।

तीनकुनेमा रहेको अस्थायी प्रहरी चौकीमा सिसिटिभी जडान गरिएपछि तीनकुने र त्यसआपसापको सडक अब प्रहरीको कडा निगरानीमा हुने भएको छ । मंगलबार उक्त सिसिटिभी प्रहरीलाई हस्तान्तरण गरिएको थियो । सो सिसिटिभी आइटी जोन संस्थाका प्रोपाइटर करुण राईले उपलब्ध गराएका हुन् । उनले इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनालाई सिसिटिभी हस्तान्तरण गरेका थिए । उक्त सिसिटिभी तीनकुनेको मुख्यचोकमा जडान गरिएको छ ।

1 copy

करिब ५० हजार मुल्य बराबरको जापानको हिटाची कम्पनी र १ बर्षको वारेण्टीसमेत भएको सिसिटिभीको प्रहरीलाई दिइएको हो । सिसिटिभीको २ वटा क्यामरा रहेको छ भने डिजिटल भिडियो रेकर्डिङ, एसरकये १९ इञ्चको एलइडि मनिटर, ५ मेघापिक्सलको क्यामेरा पनि रहेको छ । उक्त क्यामेरामा नाइट भिजन पनि रहेको छ । रेकडिङ सिस्टम ३ महिनासम्म रहने र नम्बर प्लेट रिडेवल क्यामरा पनि रहेको बताइएको छ ।

आइटी जोनका प्रोपाइटर राईले भविष्यमा मर्मत सम्भारसँगै आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । डिएसपी तिम्सिनाले नेपाल प्रहरी प्रविधिमैत्री बन्नलाई सहयोग पुगेको भन्दै खुशी व्यक्त गरे । तीनकुने मुख्यनाका भएको र दुर्घटना, अपराधलगायतको अनुसन्धानमा सहयोगी हुने पनि बताए ।2 copy