धरान: दुई दिनअघि इलाका प्रहरी कार्यालय धरान र वडा नं १३ कार्यालयको संयुक्त आयोजनामा नागरिक सुनुवाई तथा शान्ति सुरक्षा सम्बन्धी अन्र्तक्रिया भएको थियो ।

उक्त अन्र्तक्रियामा सहभागी स्थानीयबासी, होटल व्यवसायी एवं सर्वसाधारण नागरिकहरुले शान्ति सुरक्षा, अपराधबारे विविध बिषयमा आवाज उठाएका थिए । डिएसपी सुमन तिम्सिनाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीहरुले अपराधबारे सुचना दिदा असुरक्षित हुने भएकोले आफुहरु चुप लागेर बस्न बाध्य हुनु परेको गुनासो मात्र पोखेनन्, टोले गुण्डाहरुले धाकधम्की देखाएर पैसा नतिरी जाने गरेको पनि गुनासो गरेका थिए । यसैगरि, स्थानीयबासीले अपराधिक घटनाको जानकारी दिने व्यक्तिको सुरक्षा प्रबन्धप्रति निक्कै जोडदिएका थिए । प्रहरीबाट पनि हुने विभिन्न किसिमका दुव्र्यवहार हुने गुनासो गरेका स्थानीयले संकित एरियामा प्रहरी गस्ती बढाइदिनुपर्ने माग पनि गरेका थिए ।

यसैगरि, स्कुल समयमा युनिफर्मकय विद्यार्थीहरु असम्बन्धित थानमा भेटिएमा अभिभावकको जिम्मा लगाइदिन पनि पहल हुनुपर्ने आवाज नागरिक सुनुवाईमा उठेको थियो । चोरीको घटना न्युनीकरण गर्न टोल सुधार समितिसँग समन्वय तथा सहकार्य हुनुपर्ने, होटल व्यावसायीहरुलाई केही टोले गुण्डाहरुले धाक धम्की देखाएर पैसा नतिरी जाने गरेकोले उत कार्य नियन्त्रण गर्नतर्फ पहल हुनुपर्ने पनि नागरिक सुनुवाईमा चर्कोरुपमा उठेको थियो । यस्तै, जाँडरक्सी नियन्त्रणको सम्बन्धमा र अभिभावकहरुले आफ्नो छोराछोरीलाई कसरी अपराधबाट टाढा राख्न सकिन्छ भनेर पनि प्रश्न गरिएको थियो ।

q

डिएसपी तिम्सिनाले चालु आर्थिक बर्षभित्र आफ्नो कार्यालयबाट भएको काम कारबाहीको जानकारी गराउदै गुण्डागर्दी गर्ने, सुरक्षमा खलल पुर्याउने,रातको समयमा हतियार लिएर हिड्ने व्यक्तिहरुबारे सुचना दिन पनि डिएसपी तिम्सिनाले आग्रह गरेका थिए । विभिन्न शिर्षकमा २१८ वटा मुद्दा दर्ता भएको र सबैभन्दा बढी लागुऔषध र अभद्र व्यवहारमा ४०/४० वटा मुद्दा दर्ता भएको डिएसपी तिम्सिनाले बताए । साथै, प्रतिवादी भएका सबै मुद्दाहरुमा अभियुक्त पक्राउ परेर अनुसन्धान गर्न प्रहरी सफल भएको पनि उनको भनाई थियो । हालसम्म चोरी निकासीमा संलग्न ४७ वटा सवारीसाधन नियन्त्रणमा लिई कार्वाहीको लागि पठाइएको पनि उनले जानकारी दिए ।

यस्तै,लागु औषध विरुद्ध पराशर्म कार्यक्रमअन्र्तगत धरान प्रहरीले लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएर सबैको फोटोसहितको अभिलेख राख्ने गरेको भन्दै डिएसपीले महिला र पुरुष गरी २८४ जनालई प्रत्येक साता शनिबार उपस्थित गराएर लागुऔषधबाट हुने मानसिक, शारीरिक, आर्थिक, पारिवारीक असरबारे प्रशिक्षण दिइरहेको पनि बताए । कार्यक्रममा वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, राजनैतिक दलका प्रतिनिधिहरु, आमा समुह, व्यापारी, होटल व्यवसायी, बुद्धिजिविहरुको पनि सहभागिता रहेको थियो ।