सुनसरी: गौरवको आयोजना भएपनि सुनसरीमा टावर निर्माणको क्रममा विवादित बनेको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनका कर्मचारीमाथि बिहिबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सालवन्दी चोकमा कुटपिट भएको छ ।

चार जनाको समुहमा आएका व्यक्तिहरुले बझाङको खप्तड गाउँपालिका ५ का ४० बर्षीय नवराज गिरीलाई कुटपिट गरी घाइते बनाएको हो । मादकपदार्थ सेवन गरी आएको समुहले गिरीमाथि कुटपिट भएको प्रहरीले जनएको छ । कुटपिटमा संलग्न ४ जनालाई नै पक्राउ परिसकेका छन् । सालवन्दी चोकमा निर्माणाधिन अवस्थामा रहेको बिद्युतको हाईटेन्सन टावर निर्माणको लागि क्याम्प बनाएर बसेको अवस्थामा गिरीमाथि कटपिट भएको हो ।

कुटपिटमा संलग्न बराह ८ का ४१ बर्षीय सन्त बहादुर राई, ४० बर्षीय दिपेन्द्र सुब्बा, ४६ बर्षीय पदम बहादुर लिम्बु र ३५ बर्षीय शेर बहादुर लिम्बुलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ४ जनलाई नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ । घाईतेको स्थानीय मेडिकलमा उपचार पश्चात कन्ट्रक्सनमा नै रहेको उक्त कार्यालयले जनाएको छ ।