धरान: पुष २१ गतेदेखि घरबाट वेपत्ता भएका धरान १७, शान्ति टोलका १८ बर्षीय छिरिङ तामाङ रामधुनी नगरपालिका ७ स्थित कुलोमा मृत फेला परेको छ ।

सुनसरी सामुदायिक वनभित्रको लटरहोली जंगलमा रहेको जरुवा पानीको कुलोमा उनको शव हिजो बुधबार ५ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । प्रहरी निरीक्षक जितेश दाहालका अनुसार शव बुधबार नै धरानस्थित बिपी प्रतिष्ठानको मर्चरी पठाइएको थियो भने मृतकका परिवारजन आएपछि सबै कागजपत्र मिलाएर पठाइएको दाहालले बताए ।

49667073_776582249391748_8089171594611523584_o copy

प्रहरी निरीक्षक दाहालका अनुसार केही सुस्त मनस्थिति पनि भएका छिरिङ पुष २१ गतेदेखि अचानक घरबाट हराएका थिए । परिवारजनले सबैतिर खोज तलाश गर्दा पनि फेला परेको थिएन । छिरिङलाई छारे रोग पनि भएको परिवारजनले बताएको निरीक्षक दाहालले बताए । 'सानैदेखि उनमा समस्या थिएछ, बोली पनि वयस्क जस्ते नभएको रहेछ । अस्तिदेखि अचानक घर छोडेर हराएका रहेछन्,' उनले भने ।