इटहरी: पुर्वी तराईमा माघे संक्रान्तीलाई लक्षित गरी सख्खर, तिल, तरुल, सुठुनीलगायतका अन्य तरुलहरु जस्ता उपभोग्य वस्तु विक्री वितरणले बजार पाउन थालेको छ ।

माघे संक्रान्तीमा प्रयोग हुने सामाग्रीहरुको बजारमा माग बढेपछि मुल्य पनि अकाशिएको छ । अन्य समयको तुलनामा अहिले सक्खर, तिल, तरुल लगायतको मुल्य वढेको पाइन्छ । अहिल्लो वर्षको तुलनामा यसबर्ष तरुलको मुल्य दोब्बर भन्दा बढी भएको स्वयम व्यपारीहरु बताउँछन् । अघिल्लो वर्ष तरुल प्रतिकेजी ८० देखि एक सय रुपौयासम्म रहेको थियो । यसवर्ष एक सय ४० देखि २ सय रुपैयासम्म पुगेको छ । त्यसै गरी तिलको समेत मुल्य बढेको उपभोक्ताहरु गुनासो गर्छन् । अघिल्लो वर्ष एक सय देखि एक सय २० रुपौया प्रतिकेजी रहेको तिल यसबर्ष दुई सय देखि ४० रुपैयासम्म पुगेको छ । तिल उत्पादन कम भएको कारण समेत मुल्य वढेको व्यापारीहरु वताउँछन् । यता उपभोक्ताहरु भने बजारमा मनपरी मुल्य रहेको गुनासा गरिरहेका छन् ।

माघे संक्रान्तीमा सख्खर र तिलको लड्डुका साथै चाकु तरुल खाने प्रचलन रहदै आएको छ भने सख्खरमिश्रित भुजाको डल्ला, च्युरा लगायतका परिकारहरु पनि पछिल्लो समयमा प्रचलनमा आउन थालेको छ । माघे संक्रान्तीको समयमा सख्खरको माग वढी हुने गरेको छ । तर पछिल्लो समयमा आएर पुर्वी नेपालमा उखुवाट सख्खर वनाउने क्रम घटदै आएको कारण छिमेकी भारतबाट सख्खर आयत गरिने गरिएको छ । भारतीय बजारवाट आउने सख्खरहरुका कारण नेपाली सख्खर उत्पादकहरु मारमा पर्ने गरेका छन ।

माघे संक्रान्तीकै समयमा बढी उपभोग हुने घरतरुल, वन तरुल, सिमल तरुल, सुठुनी, स्कुसको जरा जस्ता तरकारीजन्य वस्तुको मुल्य पनि अघिल्लो वर्षको तुलनामा मुल्य वढेको पाईएको छ । माघे संकान्ती विशेष गरी थारु समुदायले महान पर्वको रुपमा मनाउने गरेपनि अन्य आदिबासी जनजाति, हिन्दु धर्मावलम्वीहरुले समेत धुमधामका साथ मनाउने गरेका छन् । तिलको लड्डु, तरुल लगायतका परिकार परापुर्व कालदेखि खाने परम्परा रहेको छ ।