इनरुवाः सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो ।

को ३३ प २१९४ नम्बरको बाईकसहित पानीमा डुबेको अबस्थामा शव फेला परेको थियो । शवलाई माथिबाट मोटरसाईकलले थिचेको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । भेटिएको शव रातीको समयमा मापसे गरी अनियन्त्रित दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाईकल दुर्घटना भएर नहरमा पसेपछि मृतकको टाउको तल परेर माथिबाट मोटरसाईकलले थिचेको कारण उनी बाहिर निस्कन नसरेर मृत्यु भएको दुर्घटनाको प्रकृतिबाट देखिएको प्रहरीले जनाएको छ ।

20190117_113131 copy