झापा: बुधबार विहान दमक– ६ स्थित रातो पुलमा आफ्नै छोराले कुटेर बाबुको मृत्यु भएको छ । घरायसी विवादका क्रममा १८ वर्षीय छोरा विशाल न्यौपानेको कुटाइबाट बाबु ५८ वर्षीय राजन न्यौपानेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार करीब साढे ११ बजे भएको सो कुटपिटपछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएका बाबु राजनको करीब साढे १ बजे उपचारकै क्रममा मृत्यु भएको हो। घटनामा संलग्न विशाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन्। उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।