धरान : रुद्र–राम स्मृति प्रतिष्ठान धरानले इटहरीको एक वृद्धाआश्रममा आवश्यक सामग्री वितरण गरेको छ ।

इटहरी–१६ झुम्कास्थित रामजानकी शान्ति वृद्धाश्रममा प्रतिष्ठानले किचनमा आवश्यक भएको सामान सहयोगसँगै वृद्धाहरुलाई खाना खुवाएर औपचारिकरुपमा सस्था स्थापनाको पनि जानकारी पनि गराएको हो । प्रतिष्ठानले आश्रममा आश्रित ८ जना वृद्धालाई विहानको खानासमेत खुवाएको थियो । आश्रममै पुगेर प्रतिष्ठानले १७ हजार रुपैयाँ बराबरको खाना तथा सामग्री प्रदान गरेको प्रतिष्ठानकी सचिव रोजी ताम्राकारले बताइन् । उनका अनुसार २ थान टेबल, १ थान ग्यास चुला र १ थान फिल्टर प्रदान गरिएको थियो । प्रतिष्ठानकी अध्यक्ष सुलोचना ताम्राकारसहित पदाधिकारीहरुले आश्रमकी सचिब रेनुका ओझालाई सामग्री हस्तानतरण गरेका थिए ।

khana

धरान–२ निबासी विश्वबन्धु ताम्राकार र उनकी सुलोचना ताम्राकारले आफ्नो २५ औं वर्षगाठमा पिताद्वय रुद्र ताम्राकार र राम ताम्राकारको स्मृतिमा प्रतिष्ठानको स्थापना गरेका हुन् । सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित गरिएको कोषमा १५ लाख रुपैयाँ जम्मा गरिएको प्रतिष्ठानकी अध्यक्ष ताम्राकारले बताइन् । सो कोषबाट आएको मासिक व्याजले प्रत्येक महिना सामाजिक सेवामा खर्चिने उनको भनाई छ । ‘हामीले २५ विवाह एनिभर्सरीमा ससुरा बुबा र मेरा आफ्नो बुबाको स्मृतिमा प्रतिष्ठान स्थापना गरेका हौं, अहिले १५ लाखको कोष समेत बनाएका छौं, यसैबाट आउने मासिक व्याजबाट अनाथ, असहाय तथा गरीब दुःखीको सेवा गर्ने सोच बनाएका छौं,’उनले भनिन् ।

bitaran-gathering

अध्यक्ष ताम्राकारले प्रत्येक वर्ष कोषमा रकम थप गर्दै लाने बताइन् । प्रतिष्ठान एक महिना अघिमात्र दर्ता भएको संस्था हो । आश्रमका सह–सचिब गणेश प्रसाद साहले यसरी सामाजिक सेवामा समपिर्त भएर आश्रमसम्म आएर बृद्धहरुलाई खानाखुवानुका साथै सामग्रीहरु प्रदान गरेकोमा खुशि व्याक्त गरे । २०५५ सालमा स्थापना भएको आश्रममा इटहरी, कालाबञ्जार, झुम्का, लक्ष्मीनीयालगायतका ८ जना बृद्धाहरु आश्रित छन् । आश्रममा बृद्धाहरुलाई मात्र राख्ने गरिएको उनले बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार चन्द्रकुमार उदास, उपाध्यक्ष ममता ताम्राकार, सचिब रोजी ताम्राकार, कोषाध्यक्ष श्रेया ताम्राकारलगायतको उपस्थिती रहेको थियो ।

सरकारको सहयोग नपुगेको एक आश्रम, जो दाताहरुको भरमा चल्छ 

२०५५ सालमा मन्दिरको नाममा स्थापना गरिएको आश्रमको अवस्था नाजुक छ । निजी संस्था तथा व्याक्तिगत दाताहरुको सहयोगमा आश्रम सञ्चालन भइरहेको सह–सचिब गणेश प्रसाद साहले बताए । स्थानीय सरकार र प्रदेश सरकारसंग माग गर्ने तयारी भइरहेको सुनाए । सरकारबाट नियमित बजेट नआउने उनले बताए । ‘सरकारबाट वार्षिक बजेट आउदैन, संस्थागत र व्याक्तिगत रुपमा सहयोग जुट्छ, त्यसरी नै चलेको छ,’ उनले भने । मन्दिरले आश्रमका लागि ५ कट्टा जग्गा दिएको थियो ।