मोरङ: विराटनगर महानगरपालिका १५ हुलास मेटल चोकबाट प्रहरी लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित धरान उपमहानगरपालिका १६ गणेशमान चोक बस्ने ४० बर्षीय दिपक थापालाई पक्राउ गरेको हो ।

थापालाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट लागूऔषध नाईट्रोजन ट्याब्लेट २० चक्की, डाइजेल्याव १० एम्पुल, लुपिजेसिक १० एम्पुल र एभिल १० एम्पुल पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । बरामद लागूऔषधसहित थापालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।